
आजभोली जोकोही पनि यूट्यूबर भएका छन् अनि प्रदुशित दिमागका साथ भाइरल बन्ने भिडियोको शिकार गरिरहेका हुन्छन् । केही बिश्वप्रसिद्ध भ्लगरले भि ब्लगरले महँगा गाडी छेउमा राखेर बाटामा हिँडेका केटीहरुलाई डेट जान प्रस्ताव गरेका भिडियोहरु लगायत अझै केही अश्लिल प्रस्ताव राखेका भिडियोहरु सर्वाधिक रुचाइएका हुन् ।
प्रयाकं भिडियोहरु को बिगबिगी भएको संसार छ । यहाँ कतिबेला कहाँ कुन यूट्यूबरले हातको क्यामरा भएको फोनले के कुरा खिचेर अनि के भाइरल भइदिन्छ हामीलाई थाहै हुन्न ? भिडियोले रातारात हिट अनि रातारात फ्लप, कसैको जिवन बन्दछ अनि कत्तिको जिवन पग्लन्छ, इन्टरनेटको तापक्रम अचम्मको छ ।