
कला सम्पदा र संस्कृतिका लागि धनी मानिने नेपालको नेवार जातीले मार्चको अन्तिम शनिबारलाई विश्व नेवा दिवसका रूपमा मनाउँदै आएको छ। गएको शनिबार २५ मार्च २०२३ का दिन विश्व भरिका नेवार समुदायले छैठौं विश्व नेवास् दिवस हर्षोल्लासका साथ मनाए। न्यू यर्क, वाशिंगटन, बाल्टिमोर, मेरिल्याण्ड, बोस्टन, सियाटल, शिकागो, पोर्टल्याण्ड लगायत अमेरिकाका अनेकौं शहरका नेवारहरूले परम्परागत भोज र सांस्कृतिक कार्यक्रमका साथ विभिन्न कार्यक्रमको आयोजना गरे।
