
सेक्स, पावर र पैसाकै वरिपरि जिन्दगीका चक्काहरु घिस्रिन्छन् । यिनको पुनरुक्तिक प्रयोग वा प्राक्टिसले थाहै नपाइ एडिक्शन बढाउँछ अनि झगडा शुरु हुन्छ । युद्द जारी हुन्छ । आततायी बढ्छ । अनि हिंशाको एडिक्शन, युद्दको एडिक्शन । मान्छे कै रगत चुस्ने एडिक्शन । मनोवैज्ञानिकहरुका अनुसार एडिक्शन दुइ तरिकाले बिस्तार हुन्छ । परपिडक र स्वपिडक । राजनीतिक नेता, ब्यापारी वा पूँजीपतिहरु परपिडक हुन् भने, धार्मिक वा आध्यात्मिक सन्यासी, जोगी, पादरी आदि चाहिँ स्वपिडक ।