
आजको दिनमा संसार द्रुत गतिमा परिवर्तन सहित विकास भइरहेको छ । विकासको यो गतिमा व्यक्ति, समुदाय र व्यवसायहरूका लागि वातावरणीय पक्षको स्थिरता चिन्ताको विषय बनेको छ । अहिलेको अवस्थामा हामीले जलवायु परिवर्तन र वातावरणीय ह्रासका प्रभावहरू देख्दा, व्यवसायिक अभ्यासहरू जिम्मेवार हुनेपर्ने आवश्यकता देखिएको छ । कम्पनीहरूका लागि दिगोपनप्रति आफ्नो प्रतिबद्धता देखाउने एउटा प्रभावकारी तरिका भनेको वातावरणीय व्यवस्थापन योजना आफ्नो सञ्चालन प्रकृयामा समावेश गर्नु हो । यस योजनालाई अँगालेर कम्पनीहरूले वातावरण प्रभावहरूलाई न्यूनीकरण गर्नुका अलवा पनि अरु धेरै फाइदाहरू लिन सक्छन् । यस लेखमा ती फाइदाहरूको बारेमा जानाैँ:
