
आज सौर्यमानक पात्रो अर्थात् मिति अनुसार नेपाल संवत्को यंला महिना २० गते हो । आजको मितिमा मन्त्रीपरिषद्ले नेपाल भाषा सम्बन्धी एक ऐतिहासिक निर्णय गरेको थियो । यस निर्णयको मिति नेपाल संवत् १११५ यंला २० गते थियो । विक्रम संवत् अनुसार भने यस निर्णयको मिति २०५२ भदौ २२ गते रहेको पाइन्छ । आज मिति नेपाल संवत् ११४३ यंला २० गतेले यो निर्णय भएको अठाइस (२८) वर्ष भएको छ ।