Blog · Literatureचाडपर्व तथा दिन विशेष सामग्रीहरू

मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ । यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् ।
