Blog · Literatureचाडपर्व तथा दिन विशेष सामग्रीहरू


बुधाष्टमी व्रत
विशेष अडियो सामग्री
Tap to listen
यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ । आजका दिन बुध ग्रहसमक्ष भक्तहरूले आफ्ना भावना र कामनाहरू राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हुनसक्छ ।
यस दिन बुध ग्रहलाई विशेष नैवेद्य अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यहरू लगायत प्रसादीहरु वितरण गर्न र भोजन गर्न दिइन्छ । यसका अलावा भगवान् बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।
