Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


दहि चिउरा खाने दिन/ राष्ट्रिय धान दिवस
विशेष अडियो सामग्री
Tap to listen
यस वर्ष अर्थात बिसं २०७८ मा वर्खायामको शुरुवात अलिक अगाडि नै भएको छ । भिजेका खेतहरु अनि बादलले ढाकेका आकाशहरुले राम्रो र नराम्रो दुबै कुराहरु निम्त्याएका छन् । सिन्धुपाल्चोकको बाढि, नेपालका अन्य थुप्रै स्थानहरुमा आएको बाढि पहिरो, नदिहरुका बढेका सतह लगायत थुप्रै अतिवृष्टिका परिणामहरु यस वर्षले भोगेको छ ।