Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

हिउँदका कठ्याङ्ग्रिँदो जाडो र चिसो छिचोल्दै अब हामी फाल्गुनको रङ्गिन दैलोमा प्रवेश गरेका छौँ । सौर्य मण्डलमा रहेको एउटा तारा ‘उत्तराफाल्गुनी’ नक्षत्रका नाममा यो महिनाको नाम फाल्गुन राखिएको हो । आम बोलीचालीमा फाल्गुनबाट फागुन सहज हुँदै गएको छ ।