Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

नववर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ! आजको दिनबाट हामी एउटा फरक वर्षमा प्रवेश गर्दैछौं र यो नव वर्ष अन्य नव वर्षहरु भन्दा फरक अवश्य छ। यसपाली नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं। यो नव वर्षको उत्साहलाई हामी घुमफिर गरेर हैन, घरकै आँगनसम्म सिमित राख्दैछौं।