Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


श्री राम नवमी व्रत
विशेष अडियो सामग्री
Tap to listen
शुरु गरौं वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट, एकदिन वानवासको बेला मर्यादा पुरुषोत्तम भगवान श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरुबिच चलिरहेको लुकामारीमा राम एक्कासी धेरै बेरसम्म लुकेपछी जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो विलौना अझ भनौ पुकार गर्नुहुन्छ जसलाई भक्त कविर लगायत थुप्रै भजन श्रष्टाले छन्द अनि गधका रूपमा लेख्नुभएको छ ।