Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


रवि सप्तमी व्रत
विशेष अडियो सामग्री
Tap to listen
आईतवार र सप्तमी तिथि परेको दिनलाई रविसप्तमी भनिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूकापनि वन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यसदिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्नेकुरा शास्त्रोक्त रहेको छ ।