Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व सम्पदा दिवस
विशेष अडियो सामग्री
Tap to listen
बसन्तपुर दरवार क्षेत्र काठमाडौमा बसेर साँझमा चिया पिँउदै गर्दा दरवार क्षेत्रले मुस्कुराएर इतिहास वर्णन गर्दै जान्थ्यो, पुराना पर्खालमा इतिहास थिए । मन्दिरका भित्ता अनि मुर्तीमा संस्कार थिए अनि गजुरहरुमा र काष्ठमण्डपका हरेक अवयवमा हाम्रो समय, कालखण्ड र सभ्यताका क्रमहरू सञ्चित थिए । सोंच आउँथ्यो, हाम्रा पुर्खाहरुले यी सम्पदा बनाएर गए, एकदिन यिनै भित्ताहरु उस्तै रहनेछन् अनि म बुढो हुनेछु भन्ने । यि सम्पदा उस्तै रहन्छन् तर म उस्तै रहन्न भन्ने सोच हुन्थ्यो तर राम्रो सम्बर्द्धन अनि सुरक्षा नपाँउदा क्रमशः हामीले हाम्रो सम्पदा अनि पहिचान गुमाइरहेका त छैनौं ?