Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


योगिनी एकादशी व्रत
विशेष अडियो सामग्री
Tap to listen
योगिनी एकादशी असारमासको कृष्णपक्षमा पर्दछ । यस दिन व्रत बसेर भगवान नारायणको प्रतिमा स्थापित गरी श्रद्धापूर्वक त्यस प्रतिमालाई भोग लगाइन्छ । भोग लगाउनु अर्थात् खानेकुरा, फलफुल , नैवेघ, आदि चढाउनु हो । धूपदिपले आरती उतार्ने र दान दिने गरिन्छ । यस एकादशीमा पिपलको पूजा गर्नाले सम्पूर्ण पाप नष्ट भई मृत्युपश्चात् स्वर्गलोक प्राप्त हुन्छ भन्ने मान्यता छ ।