Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
विशेष अडियो सामग्री
Tap to listen
स्काउटको लूगा लगाएर भिडभाडमा उभिएका, लाईन मिलाउने अनि सहयोग गर्ने साथीहरु कुनै पैसा या सुविधाको लालसामा खटेका हैनन्, रेडक्रसमा गएर रगत दिने अनि स्कूल स्कूलबाट रकम उठाएर रक्तदान अनि सेवाकालागि हरेकपल उपस्थित हुने जमात नै स्वयमसेवक हुन् । ति तमाम स्वयमसेवकहरुलाई हाम्रो पात्रो शब्द सम्मान प्रकट गर्दछ । हरेक वर्षको डिसेम्बर ५ मा संयूक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्वंसेवक दिवस मनाउने गर्दछ । सदस्य राष्ट्रहरु लगायत संसारभरिनै यस दिन विभिन्न कार्यक्रम गरेर स्वंसेवक दिवस मनाउने चलन छ ।