Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
चतुर्मास व्रत को थालनी
असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदै छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ ।
