Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू

नेवा पात्रोमा ज्या: पुन्हि र पनौती जात्रा
नेवा पात्रोको आठौँ महिना तछला हो । तछला नयाँ चन्द्रमासङै सुरु भएर १५ औँ दिनमा पूर्णचन्द्र पर्न आउँदछ । यस मासलाई पनि शुक्ल पक्ष र चन्द्र पक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ । अब पूर्णचन्द्रको दिनको कुरा गरौँ जसलाई गैडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्ध मार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् ।