Blog · Literatureनेपाली चाडपर्व तथा विशेष दिनहरू


कुशे औँसी
विशेष अडियो सामाग्री
Tap to listen
वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक महत्त्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्त्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ ।
