Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका मितीमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात कन्सन्ट्रेड एपिडेमिक भएको छ ।

विश्व एड्स दिवस
विशेष अडियो सामाग्री
Tap to listen
टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ ।
विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।
एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।
नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुबिधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ ।
सरकारी स्तरमै कण्डमको प्रयोगमा धेरै अघिदेखि केहि न केहि प्रबर्धनात्मक कार्य भर्इ रहेको छ, पछिल्लो साङ्गीतिक प्रयासलार्इ यहाँ प्रस्तुत गरिएको छः