Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हरेक नयाँ वर्षहरुमा हामी केही नयाँ सोंच या अाफ्नो दैनिक जीवनमा परिवर्तनका उदाहरणहरू अनुभव गर्ने चाह राख्दछौं तर ति तमाम चाह अनि वाचाहरु सबै पुरा हुँदैनन । केही कुरा थप गृहकार्यकालागि समयले तुहाएर छाडि दिने गर्दछ । यस वर्षको सकारात्मक सोंच अनि प्रगतिका लावालस्करहरुले तपाइको पाइला चुमुन, फर्केर हेर्नु नपरोस अनि ताकेका चिताएका सकारात्मक कुराहरुमै सफलताको निशाना लागोस् ।

सन् २०१७ प्रारम्भ
वर्ष विषेश अडियो सामग्री
Tap to listen
महाकाली नदिको छालदेखि मेची नदिको गहराईसम्म, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहरनियासम्म नेपालीपनको भाव, नेपाली हुनुको गर्वमा चमक छाइरहोस् । सन् २०१७ सालमा गज्जबका सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पुरागर्न अगाडी बढ्ने कलात्मक अवसरहरु पाईयोस् । राज्यले पसिना बगाएर कमाउन देअोस् र त्यसरी बगेकाद पसिनाको उचित मूल्य पाईयोस् । यसरी प्राप्त अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् । सन् २०१७ का हरेक दिन मंगलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् । शुभकामना !