Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

यूगौं-यूगान्तरसम्म सिम्रिक रङ्गले नेपाली पहिचानको बयान गरोस्, अमर ख्याति प्राप्त गर्न सकोस् । मन अनि वन दुबै तर्फ डाँफे उडोस्, नेपाली टोपी र सगरमाथा उच्च रहुन अनि विधीको शासन कायम रहोस्, देशले राजनीतिक, सामाजिक, अार्थिक स्थिरता प्राप्त गर्न सकोस् । गणतन्त्र दिवसको सार्थक शुभकामना, हिमाल, पहाड, तराई सबैतीर गणतन्त्र दिवस र राष्ट्रिय एकताका लहर एकैस्वर भर्इ फैलिउन् ।

गणतन्त्र दिवस
बिशेष अडियो सामग्री
Tap to listen
११ औं गणतन्त्र दिवसको आजको संघारमा नेपालको गणतन्त्रको परिवेश यसवर्ष केहि विशेष अनि धेरै आशालाग्दो छ । गतवर्ष भएका महत्वाकांक्षी चुनावी क्रमसंगै नेपालले यसवर्ष २० वर्षपछि स्थानीय जनप्रतिनिधि अनि प्रदेश एवं प्रतिनिधि सभाका उम्मेदवार छानेको छ । जननिर्वाचीत उम्मेदवारहरुको सहभागिता एवं उपस्थितीमा अहिले संघिय गणतान्त्रीक नेपालले आफ्नो शाषनको डोर आशा संगालेको पनि छ ।