Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व खाधान्न दिवस, आज एउटा महत्वपूर्ण दिन । भरिएका भकारी, चामलका बोराहरु, चिउरा, गहुँ, कोदो अनि बार्दलीमा झुण्डाएका मकैका घोघाहरु यि अनि यस्ता धेरै अन्नहरु अनि खाधान्नहरु नेपाली घरमा अनि गाँउमा देखिन्छन्, पाइन्छन् । पशुपती नाथको कृपा नै मान्न पर्दछ, अहिलेसम्म नेपाली समाजमा अनि नेपाली माटोमा उव्जनी अनि मछिन्द्रनाथको कृपाले पानीका थोपाहरु ले हरियाली कायम गरिनै रहेका छन् ।