Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व रेबिज बिरुद्ध दिवस
विशेष अडियो सामाग्री
Tap to listen
सेप्टेम्वर २८ विश्वभरि 'रेविज विरुद्धको दिवस'को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेविजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी अादान प्रदान गरेर मनाइने दिन हो । हामीमध्ये धेरैलाई रेविजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ ।