Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

त्रयोदशी श्राद्धलाई मघा श्राद्ध पनि भनिन्छ, यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले यस त्रयोदशीलाई मघा त्रयोदशी पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यसम्म चल्ने पितृपक्षको त्रयोदशी तिथिको श्राद्धलाई विशेष रुपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथी पनि अन्य तिथीहरु समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथीलाई विशेष मानिन्छ । मघा तारा चाँही पितृहरुले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथीमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।