Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाइरहन्छ । मुटु हाम्रो सु-स्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य संगठन अनि सरकार प्रमुखहरु मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरुलाई २५ प्रतिशतले कमगर्ने साझा सहमती गरेका छन् । नसर्ने रोगहरुको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरु हृदयघात अनि हृदय सम्बन्धि रोग अनि समस्याहरुले मरिरहेका तथ्याङ्क छ ।