Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


बाला चर्तुदशी
विशेष अडियो सामाग्री
Tap to listen
आज शतवीज छर्ने हो, आज मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशी पनि भनिन्छ र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागी अत्यन्त महत्पूर्ण दिनका रुपमा मानिन्छ । नेपाल अनि भारतका विभिन्न शक्तिपीठ अनि त्रिवेणी धामहरुमा आज शतवीज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक बनहरु जस्तै कैलाश डाँडा, श्लेष्मान्तक बन अनि अन्य बनहरुमा गई छर्ने सातप्रकारको अन्नहरु पर्दछ ।