Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हिन्दु धर्म ग्रन्थ अनुसार आजको दिन वराह जयन्तीको पर्व मनाइन्छ। आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रुप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको थियो। सत्ययुगमा भगवान विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो। जब जब धर्तिमा अन्याय र अत्त्याचार गर्ने शैतानी शक्तिहरु सक्रिय हुनेगर्दथे, तब तब भगवानले कुनै न कुनै अवतारमा धर्ति आएर त्यो शैतानको विनास गरेको धेरै कथाहरु हामीले पक्कै सुनेका छौ।