Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


वरुथिनी एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ। शास्र अनुसार भूमिदान, हात्ती, घोडा दानलाई सबै भन्दा उत्तम दाम मानिन्छ। यी दानहरु भन्दा पनि तिल दानलाई अझ महत्वपूर्ण मानिन्छ भने तिल दान भन्दा पनि सुन दानको महत्व हुनेगर्दछ। सुन दान भन्दा अन्न दान र अन्नदान र कन्यादान भन्दा पनि अझ विशेष महत्व बोकेको यो वैशाख कृष्ण पक्षको एकादशी हो। वरुथिनी एकादशीको महत्व धेरै व्यापक हुने कथन रहेको छ। वरुथिनी एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो।