Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सिखहरूको दसौं गुरु "गुरु गोबिन्द सिंह"को आज ५ जनवरीको दिन जन्म जयन्ति हो। एक महान योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौं गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो।