Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व बौद्धिक सम्पत्ति दिवस
विशेष अडियो सामाग्री
Tap to listen
दुई टुक्रा जमिन, दुई तोला सुन अनि दुई हल गोरुहरु जस्ता थुप्रै भौतिक कुराहरुलाई सम्पतीका अवयव मानेर नेपाली समाज वर्षोदेखि बढ्दै आइरहेको छ । विश्व नै यसै गरि यहाँसम्म आएको हो, मरिचका दाना देखि सिमानाका जमिनका रेखाका लागि विश्वले यूद्ध गरेको छ । हाम्रै समाजमा पनि गोरुले धान खाएको अनि बाख्राले बिस्कुन खाएको सम्म घटना र झगडाहरुमा आआफ्ना सम्पती र सामानको रक्षार्थ भएका तर्क र परिवेश बुझ्न सकिन्छ ।