Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


निर्जला एकादशी
विशेष अडियो सामाग्री
Tap to listen
वर्षभरिका एकादशीहरुमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन्, नितान्त रुपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरुमा सकारात्मक उर्जा र शक्ति संचार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ, आउनुहोस् यस एकदशीको महाभारत र पाण्डवसंग जोडिएको एउटा किस्सा सविस्तार सुनौं ।