Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


सशस्त्र प्रहरी दिवस
विशेष अडियो सामाग्री
Tap to listen
सशस्त्र अर्थात शस्त्र सहीतका प्रहरीहरु । सशस्त्र द्धन्दको समयमा नेपालमा माओवादी आन्दोलनकारी अनि सरकारको बीचमा यूद्ध चरम सिमामा पुगेको थियो । दैनिक जसो आक्रमणमा नेपालीका छोराछोरीको रगतका टाटाहरु अनि लाशउपर क्रान्ति अनि परिवर्तनको अपेक्षा भइरहेको थियो । कहिले आन्दोलनकारीका रुप त कहिले सेना या प्रहरीको रुपमा नेपाली आमाका कोख अनि चेलीका सिँउदाहरु रित्तिरहेका थिए, गोली अनि बारुद ले आमा दिदीवहिनी दाजुभाई कसैलाई चिनेन, एकपछि अर्का नाम अनि गामहरु रगतपिच्छे भएका थिए ।