Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


राम नवमी
विशेष अडियो सामाग्री
Tap to listen
शुरु गरौं वाल्मिकी रामायणको एउटा घटनाक्रमबाट, एकदिन वानवासको बेला मर्यादा पुरुषोत्तम भगवान श्री राम र सीताबिच लुकामारी चल्दछ । एउटा सामान्य दम्पतीजस्तै मायालु भावहरुबिच चलिरहेको लुकामारीमा राम एक्कासी धेरै बेरसम्म लुकेपछी जङ्गलमा रहनुभएकी सीताले एउटा मिठो विलौना अझ भनौ पुकार गर्नुहुन्छ जसलाई भक्त कविर लगायत थुप्रै भजन श्रष्टाले छन्द अनि गधका रूपमा लेख्नुभएको छ । आउनुहोस्, सरल नेपाली भजनकारुपमा हाम्रो आफ्नै नेपाली भाषामा प्रस्तुत छ, केवल हाम्रो पात्रोमाः