Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


षट्तिला एकादशी व्रत
विशेष अडियो सामाग्री
Tap to listen
पद्म पुराणमा सवै प्रकारका एकादशीको महत्वबारे विशेष रुपमा उल्लेख गरिएको पाइन्छ । त्यहि पद्म पुराणमा उल्लेख भए अनुसार माघ महिनाको कृष्ण पक्षको एकादशीलाई षटतिला एकादशी भनिन्छ । धार्मिक कार्यमा पवित्र वस्तुका रुपमा प्रयोग गरिने तिलको नाम जोडिएको यो एकादशीले पनि अन्य एकादशीहरु झैं छुट्टै महत्व बोकेको छ । षटतिला एकादशी ब्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले षटतिला भनिएको हो ।