Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


तराई होली
विशेष अडियो सामाग्री
Tap to listen
नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म महेन्द्र राजमार्गसँग लुटपुटिएका तरार्इका सुन्दर भू-भागहरु रहेका छन्, ठूला-ठूला घरदेखि स-साना झुपडीसम्म, सुर्ति फलेका खेत देखि धानका बालासम्म अनि विभिद भाषा अनि संस्कृतीकाबिच तरार्इ नेपालमा शोभायमान छ । खोलानाला अनि उब्जनी माटोले सिचींत यस भुभाग नेपालको अन्न भण्डार अनि पौरखीहरुको थलो हो, जहाँ मानो खाएर मुरी उब्जाईन्छ ।