Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
Suyog Dhakal · Sep 19, 2018
लिंगो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन 'क्वहने याः' भनेर नेवार समुदायले मान्दै आएको जिवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट बर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन।

इन्द्रजात्रा
विशेष अडियो सामाग्री
Tap to listen
काठमाडौं एउटा इतिहासै इतिहासको शहर हो, देवादिदेव महादेवको पवित्र पाशुपत क्षेत्रको इतिहास कुनै काब्य या इतिहासका ताम्रपत्र या शिलालेखमा उल्लेख छैन तथापि यस शहरवासीको सहिष्णुता, संस्कार, सभ्यता अनि सांस्कृतिक धरोहरहरु आज विश्वकालागि नै एउटा अनमोल प्राचिन सम्पती भएको छ ।