Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदिको घरमा अब छोराहरुको मृत्यु र टाउको मात्रको आगमनले त्रसित, भयवित अनि रुवावासी भइरहेको होला भनि एकजना सेविकालाई बुझ्न पठाउँछिन तर शिलवतीको घरमा हर्ष उल्लास र खुशियाली छाएको सन्देशयूक्त खबर उनीहरूले ल्याएपछि राजा मलायकेतु अर्थात कपुरवतीका पतिले पक्कैपनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोंच्दछन् ।

जितिया पर्व
विशेष अडियो सामाग्री
Tap to listen
संस्कृतमा 'जिवित पुत्रिका', हिन्दीमा जियतिया र नेपालमा तराइवासी मधेशी महिलाहरू 'जितिया'लार्इ अाफ्नो सन्तानको सुख, अानन्द र प्रगतिका निमित्त मनाइने एउटा उत्साहजनक चाडका रूपमा लिन्छन् र यसलार्इ जिवित पुत्र पर्वको रूपमा मनाइन्छ । यो पर्व अश्विनको (अष्ठमी तिथीको कृष्ण पक्ष)को दिन मनाइन्छ ।