Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

तिहारको प्रथम दिन काग तिहारमा एका बिहानै कागको पूजा गरिन्छ । वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि साैभाग्यका कुराहरुमात्र ल्याओस भनेर कामना गर्दै घर बाहिर हरियो पात, दुना, टपरीमा विभिन्न परिकारहरू कागकालागि भनेर राखिन्छ ।

काग तिहार
विशेष अडियो सामग्री
Tap to listen
हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ ।