Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अर्कोतर्फ कोजाग्रत पूर्णिमालाई दशैंको अन्त्य र तिहारको प्रारम्भिक अागमनयूक्त शङ्केतका रुपमा समेत लिइन्छ । यस दिन टिका लगाउने कार्य प्राथमिकतामा नपरेपनि छुटफुट टाढाका अागन्तुक अाफन्त तथा प्रियजनहरूले भने यसदिन मान्यजनकोमा भेला भएर भवानीको समापन प्रसादका रुपमा टिका र जमरा लगाएर बडा दशैंको विदार्इ गर्ने गर्दछन् ।

कोजाग्रत पूर्णिमा
विशेष अडियो सामाग्री
Tap to listen
अनि कस्तो भयो त यस पटकको दशैं? पक्कै पनि रमाइलो भयो होला ! हामीमध्ये धेरैजना पुनः एकपटक जीवनयापनका नियमीत कार्यमा फर्किसक्यौं होला ! घरको सुखद यात्रा र भेटघाटका रमाइला क्षणलार्इ सम्झनाको कोशेली बनाउँदै अा-अाफ्नो पढाई, काम या ब्यवसायीक जिम्मेवारीमा थप उर्जाका साथ जुट्दै गर्नुस्, अघि बढ्दै गर्नुस् । दशैं सक्कियो भनेर केटाकेटीहरुमा खिन्नता आएको हुन सक्छ, या दशैंमा यत्ति दक्षिणा कमाए भन्ने हिसाबकिताब केटाकेटीले खोज्न सक्लान ! उनरूका प्रस्नको जवाफ दिन तयार रहनुहोला । जे होस चाडवाडका यी दिनहरु मादक छन्, चिसोसँगै राती शीत पनि पर्न थालेको छ, अर्थात् मनशूनले पनि देशबाट विदा लिएर गइसकेको छ र कठ्यांग्रिदो जाडो ल्याउन बद्लिंदो माैसम सक्रिय छ । अबको चिसोलाई कम नआँकौ, विशेषतः केटाकेटी, बुढापाका, सुत्केरीहरूको स्याहारमा विशेष ध्यान दिअाैं । न्यानो शुभकामना ।