Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।

कुकुर तिहार विशेष अडियो समाग्री
मानव सभ्यताको एउटा अभिन्न साथी
Tap to listen
तिहार एउटा उपहार आदान प्रदान गरिने, कथा भनिने, सुनिने, दिदी-भार्इ, दाजू-बहिनीको अथाह स्नेहको महत्व राख्ने र मानव समाजलाई अन्य जीव, जीवनसंग सहअस्तित्वको बाटोतर्फ अघि बढ्न प्रोत्साहन गर्ने चाड हो । साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको अाजम्बरी अनुभूति प्रदान गर्दछ । सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरु, प्रकृती, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।