Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा बसेर शपिङ्ग मल हैन खालीखुट्टा हरियो दुवोमा उफ्रेर नाच्दाको रमाइलो उनिहरुलाई सिकाउन जरुरी छ ।

राष्ट्रिय बाल दिवस विशेष अडियो सामाग्री
बालबालिका वर्तमानका प्रतिक हुन्
Tap to listen
निर्दोष आखा, हैरान पार्ने दोहोरिएका सामान्य प्रश्नहरु, तोते वोली, कार्टुनमा रमाउने वानी, वदमाश र शैतानी ब्यवहारहरु अनि तिनिहरुका अवोध वानीहरु, वालवालीका जादुईआखाहरु अनि ति भित्र रहेका सामान्य सपनाहरु का अगाडि त शायद प्रकृतीले हामी मानिसलाई पनि यहि रुपमा रहिरहनका लागी वनाएका हुन कि जस्तो पनि लाग्छ । भदौ २९ गते हरेक वर्ष नेपालले यिनै वालवालिका र तिनको सुरक्षा अनि संरक्षणकालागी वाल दिवस मनाउने गर्दछ ।