Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

भदौ १५ अर्थात् राष्ट्रिय पुस्तकालय दिवस। हरेक बर्ष भदौ १५ गतेका दिन नेपालमा राष्ट्रिय पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरि मनाउने गरिन्छ। नेपालमा औपचारिक रूपमा वि.सं. १८६९भाद्र १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरिन्छ। पुस्तकालयका क्षेत्रमा भएका गतिविधिहरू एवम् पुस्तकालयको आवश्यकता बारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा वि.सं.२०६५ देखि भाद्र १५ लाई “पुस्तकालय दिवस” को रूपमा मनाउन सुरू गरिएको हो।