Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सन् २०६२/६३ पछी पहिचानको एउटा दौड नै शुरु भएको छ । पहिचानको यस दौडमा हामीले हाम्रो सामूदायीक, धार्मीक, भाषीक तथा भौगोलिक पहिचानको पैरवी त गर्यौं तर नेपालीपनको सकल पहिचान कतै ओझेलमा परेको त हैन ? सोचनिय छ है... राजनैतिक पार्टी, समूदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा मिठास बनि घुलिरहोस्, एकताको विगुल फुकोस, सबै नेपाली एक हौं । बादल, चरा, नदि अनि बतासलाई कुनै सीमानाले छेक्न सक्दैन ।

राष्ट्रिय मेलमिलाप दिवस
विशेष अडियो सामाग्री
Tap to listen
इतिहास पल्ट्याएर हेर्ने हो भने तात्कालिन राजतन्त्रात्मक शासन पद्धत्तिले मृत्यूदण्ड सुनाए पश्चात् प्रवासनमा रहेका बहूदलका पक्षधर अनि प्रजातन्त्रका सेनानी नेताहरु २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएका थिए । यस मेलमिलापको नीतिनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडी सारेका थिए । राजनैतिक खिंचातानीले विकासको मूलबाटो विराएको आजको देश देख्दा मेलमिलापको अाजसम्मको ४१ वर्ष पुरानो नीति अझै सान्दर्भिक लाग्दछ ।