Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डाैको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललार्इ नियाले त्यस क्षण काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलार्इ लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरु जितेका हुन् ।

पृथ्वी जयन्ती / राष्ट्रिय एकता दिवस
नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
Tap to listen
पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् । चोर औंला माथी उठाएर उभीएको यीनको सालिकले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई नै रहेकोछ । काठमाण्डौ र गोरखा विचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौ छिरेका यीनले काठ्माण्डाैको उत्तरपट्टि रहेको चन्द्रागीरी डाँडाबाट जब काठमाण्डौको खाडललार्इ नियाले त्यस क्षण काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलार्इ लालाहित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनितीहरु लगाएर क्रमशः काठमाडौ, ललितपुर, भक्तपुर, किर्तिपुर अनि अन्य भू-भागहरु जितेका हुन् । परराष्ट्र मामिलामा पनि यीनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ ।