Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सिमसार क्षेत्र हेर्दा अत्यन्त ओसिलो र दलदल भएकाले उत्ति मनमोहक र सुलभ नदेखिन सक्छन तर यस्तै सिमसारक्षेत्रहरुका जीवहरु, वनस्पती एवं माटोको संरचनाले पृथ्वीको फोहोर पानी र मिसिएका रसायनहरुलाई छानेर सफा र स्वच्छ बनाईदिने भएकाले यी क्षेत्रहरुलाई पृथ्वीको मृगौला पनि भनिन्छ, ल है मृगौलाकै राम्रो संरक्षणगर्न नसकेमा पृथ्वी अनि यसमा वस्ने हाम्रो अस्तित्व कत्तिको सहज छ, विचार गरौ । यसका अलावा सिमसारले वाढी, पहिरो, अतिवृष्टी अनि अनावृष्टिलाई पनि रोकथाम गर्दछ । करिब ३ अरब संसारका वासीहरुले खाने चामल यसै सिमसार क्षेत्रका दलदलेमाटोहरुले उत्पादन गर्दछन्, सिमसारको नष्ट गर्नु भनेको संसारले भोकमरिको निमन्त्रणा गर्नुजस्तै भयावह छ ।

विश्व सिमसार दिवस
विशेष अडियो सामाग्री
Tap to listen
आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ ।
समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सधै कायम रहन्छ ।