Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलार्इ 'चन्द्र पात्रो' भनिन्छ ।

सोनाम ल्होछार
विशेष अडियो सामाग्री
Tap to listen
ल्होछार अर्थात 'ल्हो' भन्नाले साल अथवा सम्वत् अनि 'छार' भन्नाले नयाँ भन्ने बुझाउँछ । आउनुहोस् सोनाम ल्होछार सुङ्गुर (फाग/ड्वा ल्हो) वर्ग अन्तर्गतको नया वर्षका उपलक्ष्यमा हर्ष अनि शुभकामना साटासाट गरौं ।