Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । पितृहरुकोउद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिकप्रचलन रहेको छ । प्रतिपदा तिथीदेखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिनपितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमाचोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृलेआफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने रचित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ ।