Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

जब किर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरुको भिड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोहि धनि या गरीब हुदैन, कोहि ठुलो जातका या सानो जातका हुदैनन्, या भनौ कोहि पहाडका कोहि तराइका हुदैनन्। सबै एकै हुन्छन, सबै नेपाली हुन्छन। धेरैले याद गर्नु भएको होला, नेपालले कुनै पनि खेल जित्दा "नेपाल जिन्दाबाद"को नारा लगाउने भिडमा जति एकताको भावना सायदै कतै देखिन्छ। यो प्रभाव खेल को हो, विश्वलाई एक सुत्रमा बाध्ने विभिन्न खेलहरुको।