Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

"चित्रकुटको घाटमा भयो सन्तहरुको भीड तुलसीदास प्रभू चन्दन घस्ने, तिलक लाउने रघुविर"
धार्मिक साधकहरु चाहे कालिदास हुन या तुलसिदास , यिनीहरुका रुपान्तरणका कथाहरु अहिलेपनि मैथिल र अवध गाउहरुमा बडो रसका साथ सुनाइने गर्दछ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नो पत्नीप्रति एकदमै आशक्त थिए, श्रिमती माइत गएको बेला एकदिन पनि छुटिएर बस्न नसक्ने तुलसीदास एकदिन साँझमा लुकेर ससुरालीको भिक्ता चढेर श्रिमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भनेर सर्प समातेर चढेको उनिलाई श्रिमतीले तपाई म प्रति कत्ति आशक्त हुनुभएको यो आशत्ति धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठूलो साधू हुनुहुने थियो भनेर भनेपछि धर्म र साधना प्रति लागेको जनविश्वाश र किवंदन्ती अझै गाउँ गाउँमा गुञ्जिने गर्दछ ।