Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

यदि कसैले हामीलाई धेरैभन्दा धेरै पैसा दिन्छौ तर कुनै सार्वजनिक स्थानमा पुगेर त्यहाँ रहेको फोहोरहरु सफा गर भन्यो भने त्यो कार्य गर्न कत्तिले इच्छा देखाउलान त? शायद् त्यस्तो कोहि नभेटिएला तर तर सबैजना मिलेर सरसफार्इमा सामेल हुने योजना बुन्यो भने त्यो कार्य सफल हुन्छ । पैसाको मतलब विनानै निःस्वार्थ रुपमा हामी कतिले सामाजिक हातेमालो जस्ता अनेक कार्यमा सहभागीता जनाएका छौं ?

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
विशेष अडियो सामाग्री
Tap to listen
स्वयमसेवा मानवताको पर्याय पनि हो । जीवनको मूल्य भनेको ब्याङ्कमा रहेको पैसा, चढ्ने गाडि, विदेश भ्रमणको संख्या अनि लगाएका बहुमूल्य वस्त्राभूषण मात्र हैन्, यी सबै औसत सपना भन्दा पर एउटा निस्वार्थ समाजसेवाको भावना र स्वंसेवकको अस्तित्व रहन्छ । आखिर यो समाजलाई हामीले के दियौं त? हामीबाट अरुले के सिके त रु अनि हामीले गर्दा कतिजनालाई जीवन जिउन सजिलो भयो भन्ने कुरा महत्वपूर्ण रहन्छ ।